नियम ४६
नियम ४४ मा उल्लेख गरिए बाहेक
नियम ४४ मा उल्लेख गरिए बाहेक हुलाक आदेशमा कुनै केरमेट वा कुनै अदली बदली गरेमा वा हुलाक आदेशमा हुलाक आदेश बिक्री गर्ने हुलाक हाकिमको सहीछाप नभएमा वा हुलाकका छाप नलगाएमा वा हुलाक आदेश काटिएको भएमा वा रद्दी गरिएको भएमा वा कुरूप गराइएको भएमा यस्तो हुलाक आदेशको भुक्तानी दिइने छैन ।